काभ्रेमा एमालेको कार्यालय पुनः सञ्चालनमा

काभ्रे । काभ्रेस्थित नेकपा एमालेको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमाले लेखेकोे बोर्ड राख्दै जिल्ला अध्यक्ष अशोक व्यञ्जु, युवासंघका अध्यक्ष विक्रम चौलागाईं, विघार्थी नेता तथा जिल्ला कमिटि सदस्यलगाएतको उपस्थितीमा सोमबार कार्यालयको उद्घाटन गरिएको हो ।
गत पुस ५ गते संसद विघटन भएसँगै कार्यालयमा तालाबन्दी गरिएको थियो । तर, संसद पुन:स्थापनापछि पनि ताला लागेको सो कार्यालय सर्वोच्चको आइतरबारको फैसलासँगै खुलेको छ । अदालतको फैसलालगत्तै आज पूर्व एमाले समूहले कार्यालय उद्घाटन गर्दै आफ्नो पार्टीको बोर्ड राखेको छ ।
सर्वोच्चले आइतबार नेकपा नामको आधिकारिकता ऋषी कट्टेलाई दिने फैसला गरेलगत्तै ओली र प्रचण्ड-नेपाल समूह पुन: पूर्व एमाले र पूर्व माओवादी केन्द्रमै फर्किने अवस्था आएको छ । सर्वोच्चको फैसलासँगै ओली समूह भने पूर्व एमाले पुनर्जिवित भएकोमा हर्षित देखिएको छ ।
प्रकाशित मिति: २४ फागुन २०७७, सोमवार १८:१८ बजे