शहर देशको अर्थतन्त्रको केन्द्र बनाउने : अशोक व्याञ्जु
बुटवल । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रुपन्देहीमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक व्याञ्जुले खानेपानी लाई व्यवस्थित बनाउन उपभोक्ता समिति भन्दा खानेपानी बोड स्थापना गर्न सकेमात्र खानेपानीको उचित ढंगबाट व्यवस्था हुने र साथै शहर देशको अर्थतन्त्रको केन्द्र बनाउने जसबाट जनकल्याण हुने कुरा उहाँले उक्त कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्नुभयो । नगर विकास कोषले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवको आथित्यतामा नगर प्रमुखहरुको बित्त ब्यबस्थापन सम्बन्धी कार्यशाला बुटवलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले नगरहरुमा खानेपानी बोड स्थापना गर्दा स्वायत्त हुन्छ त्यसको अध्यक्ष नगरप्रमुखहरु हुन्छन र निर्वाचित जनप्रतिनिधिले काम गर्दाखेरि खानेपानीको स्रोत पहिचान गर्ने देखि लिएर आवश्यक बजेट व्यवस्था गर्ने काम हुनुका साथै स्वायत्तता बढी हुन्छ र काम राम्रोसँग हुन्छ जसबाट जनताका घरघरमा खानेपानी पुग्छ । खानेपानी बोडले स्रोतहरुको पहिचान गर्ने तथा खानेपानी ठाउँमा पुर्याउने र खानेपानी पुगेका ठाउँहरुलाई व्यवस्थित गर्दै वितरण गर्ने कार्य बोर्डबाट हुने हुनाले अब खानेपानी उपभोक्ता समितिबाट नगरिकन खानेपानी बोर्ड बनाएर त्यसको अध्यक्ष निर्वाचित जनप्रतिनिधिहरु बनाउँदा राम्रो हुने कुरा व्यक्त गर्नुभयो ।
नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईको सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाई त्यस्तो क्षेत्रका बासिन्दालाई भरपर्दो सेवा प्रदान गर्ने गराउने उचित र प्रभावकारी व्यवस्था गर्ने सम्बन्धमा खानेपानी व्यवस्थापन बोर्डको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, २०६३ जारी भएको ऐन छ र सोही ऐनमा केन्द्रित भएर व्यञ्जुले यो प्रसङ्ग उक्त गोष्ठीमा अघि सार्नु भएको हो ।
यदि प्रत्येक नगरपालिकाले खानेपानी बोडअन्तर्गत खानेपानी सम्वन्धि योजना अघि बढाउन सक्यो भने पानीको मुल्य, गुडस्तर कायम गर्न सकिने र अध्यन अनुसन्धान गर्न पनि सहज हुने कुरा उहाँले उक्त कार्यक्रममा प्रष्ट पार्नु भयो।
अब उप्रान्त मेयर र खानेपानी उपभोक्ता समिति बीच आइपर्ने विभिन्नखाले समस्याको अन्त्यका लागि व्याञ्जुले खानेपानी उपभोक्त समितिको सट्टा खानेपानी बोर्ड स्थापन गरेर काम अघि बढाउन उहाँले सम्पुर्ण नगर प्रमुखलाई आग्रह गर्दै
ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई नहिच्किचाउन आग्रह समेत गर्नुभयो । उहाँले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई अनुरोध गर्नुभयो ।
शहर देशको अर्थतन्त्रको केन्द्र भएकाले रोजगार सिर्जना गरी नागरिकको जीवनस्तर सुधार गर्ने कुरामा शहरको भूमिका रहने बताउनुभयो । उहाँले व्यवस्थित योजना बनाएर सभ्य र सुसंस्कृत शहर निर्माण गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २८ फागुन २०७७, शुक्रवार २२:४६ बजे











