१५ वैशाख २०८३, सोमवार

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी आफूले पद त्याग गरेको घोषणा गर्नुभएको हाे ।

महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने बताएका छन् । शुक्रबार राजीनामा घोषणा गरेका उनले अब बाँकी जीवन राजनीतिमै लगाउने बताएका हुन् ।

महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । ‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छु ।’

उनले अघि भने ‘ विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: ६ चैत २०७७, शुक्रवार १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु