६ चैत २०८१, बुधवार

कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धि धुलिखेल नगरपालिकाको आग्रह

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन नगरबासीलाई आग्रह गरेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरे अनुसार धुलिखेल नगरपालिकाले पनी सचेत हुन नगरबासीलाई अनुरोध गरेको हो ।

कोरोना भाईरसको सम्भावित जोखीमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम, गोष्ठी, भेला लगायतका कार्यक्रम नगर्न अपिल गरेको छ । यस्ता क्रियाकलापले संक्रमणको जोखीम हुने भएकाले धार्मीम जात्रा तथा पर्व मनाउदा सामाजिक-भौतिक दुरी कायम राख्न नगरपालिकाले भनेको छ ।

साथै दुरी कायम राख्न,मास्कको अनिवार्य प्रयोग गर्न,साबुन पानीले राम्रोसँग हात धुन, सेनिटाइजरको प्रयोग गर्न लगायतसरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पुरा गर्न र केही कसैलाई कोरोनाको शंकास्पद लक्षण देखीएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरि संक्रमण रोकथाममा सघाउ पुर्याउन समेत अपिल गरेको छ ।

प्रकाशित मिति: ९ चैत २०७७, सोमवार २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु