२० वैशाख २०८३, शनिवार

प्रधानमन्त्री र सभामुखबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअ नुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आउनुभएको थियो । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उहाँले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बन्ध नरहेको सन्देश बाहिर गएका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उहाँको सचिवालयले गरेको छ ।

संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेट्नुभएको हो । भेट सकारात्मक भएको प्रेस सल्लाहकार न्यौपानेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ चैत २०७७, आइतवार १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु