१२ वैशाख २०८३, शुक्रवार

नेता नेपाल र रावल एमालेबाट छ महिनाका लागि निलम्बनमा,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । बालुवाटार स्रोतकाअनुसार पार्टी हितविपरित गतिविधि जारी राखेकाले दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार नेताहरु घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि उहाँहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएकाले अविलम्ब स्पष्टीकरणको जवाफ दिन भनिएको हो ।

पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनीस्वरुपको उर्दी गरेपनि खनाल–नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडेपछि कारवाहीको विकल्प नभएको बालुवाटार स्रोतले बताएको छ ।

प्रकाशित मिति: १६ चैत २०७७, सोमवार २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु