१५ वैशाख २०८३, सोमवार

काभ्रेमा जिल्ला लिग सुरु, काभ्रे भरका १४ क्लबबिच खेल हुदैं

धुलिखेल । धुलिखेलमा ‘काभ्रे जिल्ला लिग–२०७७’ सुरु भएको छ ।‘काभ्रे जिल्ला लिग–२०७७’ मा जिल्ला फुटबल संघ, काभ्रेको आयोजनामा धुलिखेल सामुदायिक खेलमैदानमा मङ्गलवार देखि सुरु भएको छ ।
उक्त प्रतियोगितामा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएको जिल्ला फुटबल संघ, काभ्रेका कोषाध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरणको खेल मङ्गलवारबाट सुरु भएको छ । मङ्गलवारको खेलमा ४ वटा क्लबबिच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बनेपा फुटबल क्लब र ताङलिङ युवा क्लब रोशी बिच प्रतिस्पर्धा भएको थियो । सो खेलमा बनेपा फुटबल क्लबले ताङलिङ युवा क्लब, रोशीलाई ४ः१ गोलले विजय गरेको छ । दोस्रो खेल अन्तर्गत कुशादेवी युवा क्लब र बनेपा झिगु फुटबल क्लबबिच भएको प्रतिस्पर्धामा कुशादेवी युवा क्लब १ः० गोलले विजय हुन सफल भएको छ । त्यसै गरी बुधबार पनि ४ वटा क्लबबिच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बनेपा फुटबल क्लब र धुलिखेल ब्याज नम्बर ६५ बिच प्रतिस्पर्धा भएको थियो । सो खेलमा सो खेलमा बनेपा फुटबल क्लबले धुलिखेल ब्याज नम्बर ६५लाई २:१ गोलले विजय हुन सफल भएको छ । साथै बुधबारनै भएको अर्को खेलमा बनेपा बनेपा झिगुलाई प्रगति युवा कल्वले २:१ गोलले विजय गरेको छ ।

प्रतियोगितामा पहिलो र दोस्रो चरणमा गरेर १४ क्लबले भाग लिने श्रेष्ठ बताए ।
‘प्रतियोगितामा विजय भएका टिमले शिल्ड, मेटल, प्रमाणपत्र र नगद पुरस्कार पाउनेछ । जिल्ला फुटबल संघ, काभ्रेले यो वर्ष देखि क्लबहरूलाई एक खेल जिते बापत म्याच मनी समेत व्यवस्था गरिएको छ ।’ जिल्ला फुटबल संघ, काभ्रेका कोषाध्यक्ष श्रेष्ठले भने, ‘पहिलो र दोस्रो चरणको गरेर ३० वटा खेल हुने छ ।’
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य रवीन्द्रनाथ श्रेष्ठले एक कार्यक्रमका बिच गरेका थिए ।

प्रकाशित मिति: १८ चैत २०७७, बुधवार २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु