काभ्रे जिल्ला लिगको पहिलो राउन्डको फाइनलमा प्रगति युवा क्लब

धुलिखेल । काभ्रे जिल्लाको ‘काभ्रे जिल्ला लिग–२०७७’ धुलिखेलको प्रगति युवा क्लब फाइनलमा प्रबेश गरेको छ ।
काभ्रे जिल्लाको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक खेलमैदानमा मङ्गलवार देखि संचालन भैरहेको ‘काभ्रे जिल्ला लिग–२०७७’ मा बिहिबार भएको पहिलो प्रतियोगिता ताङ्लिङ युवा क्लब रोषी र व्याच नम्बर ६५ धुलिखेल बिचमा भएको थियो उक्त खेलमा ०:२ गोलले व्याच नम्बर ६५ धुलिखेल जितेको छ ।
साथै बिहिबार नै भएको दोस्रो खेलमा प्रगति युवा क्लब धुलिखेल र कुसादेबि फुटबल क्लब पनौती बिच भएको थियो उक्त खेलमा प्रगति युवा क्लबले २:१ गोलले विजय प्राप्त गरेको छ ।
बिहीबार भएको खेलमा बिजयी भएको प्रगति युवा क्लबले आगामी २१ गते हुने फाइनल खेलमा अङ्कको आधारमा बराबर भएको बनेपा फुटबल क्लब संग खेल्न छ उक्त खेलमा बिजयी भएको क्लबले अर्को वर्षमा हुने जिल्ला लिगमा प्रवेश पाउने छ ।
उक्त प्रतियोगितामा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएको थियो ।
प्रकाशित मिति: २० चैत २०७७, शुक्रवार ०९:३८ बजे