३ चैत २०८१, सोमवार

निर्माण व्यवसायी संघ काभ्रे जिल्लाको ११औं साधारण सभा सम्पन्न

काभ्रे । अस्वस्थ व्यवसायिक प्रतिस्पर्धा लाई निरुत्साहित गराै,निर्माण व्यवसायलाई मर्यादित बनाउन व्यवसायिक एकता कायम गराै। भन्ने मुल नारा का साथ निर्माण व्यवसायी सघ काभ्रेको ११ आै बार्षिक साधारणसभा सभा धुलिखेलमा सम्पन्न ।

निर्माण व्यवसायी संघ काभ्रेको ११ औ वार्षिक साधारण सभा धुलिखेलको होटल सारथि मा सम्पन्न भएको छ । नेपाल निर्माण महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई व्यवस्थित एवंम मर्यादित बनाउन अपरिहार्य रहेको र यसका निमित्त अब निर्माणसङ सरोकार राख्ने निकायले उचित कदम चाल्नु पर्ने उहाँले बताउनु भयो।

निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न अध्यक्ष सिंहले सरकार समक्ष आग्रह समेत गर्नुभयो । विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भएपनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथिका साम्सद चन्द्र लामाले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि सरोकारवाला नेतृत्व क्रियाशील रहेको बताउनुभयो ।

निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र लामाले स्थानीय निकायले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्रश्रय दिनुपर्ने बताउनुभयो । ५ करोडसम्मका योजनामा कुनै पूर्व योग्यता नचाहिने व्यवस्थाका लागि उहाँले माग गर्नुभयो ।

जिल्ला संघले महासंघका अध्यक्ष रवि सिंहलाइ सरकारसँग लबिङ गरेर निर्माण क्षेत्र लाई थप व्यवस्थिति गराउनका लागि आग्रह समेत गरेको छ।

प्रकाशित मिति: २२ चैत २०७७, आइतवार २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु