११ चैत २०८१, सोमवार

कर्णालीमा एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा सहभागी भएका एमालेका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मंगलबार सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।
आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग र पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो । सरकारलमा एमालेका तीन जना मन्त्री सहभागी थिए । मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुुझाएलगत्तै उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरुले मन्त्री पदमा राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।
यही चैत ५ गतेदेखि लागु हुने गरी एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । अब मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी नेतृत्वको कर्णाली सरकार अल्पमतमा परेको छ । कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति: २४ चैत २०७७, मंगलवार १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु