६ चैत २०८१, बुधवार

भारत सरकारद्वारा धुलिखेल नगरपालिकालाई अत्याधुनिक एम्बुलेन्स सहयोग हस्तान्तरण

धुलिखेल । धुलिखेल नगरपालिकालाई भारत सरकारले अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स सहयोग गरेको छ । भारत सरकारले एम्बुलेन्स नगर प्रमुख अशोक ब्याञ्जुलाई हस्तान्तरण गरेको हो ।

भारत सरकारले ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँ पर्ने उक्त एम्बुलेन्स सहयोग स्वरुप प्राप्त भएको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । ‘अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स भारत सरकारबाट सहयोग प्राप्त भएको छ, नगर प्रमुख ब्याञ्जुले भन्नुभयो, अब नगरबासीलाई थप सेवा लिन मद्दत पुग्नेछ ।’

धुलिखेल नगरपालिकाले ‘स्वस्थ्य सहर’ अन्तर्गत विभिन्न कार्यक्रमहरू अघि बढाइरहेका बेला एम्बुलेन्स सहयोगले नगरपालिकाको यो अभियान उर्जा थपिएको छ । यो एम्बुलेन्स धुलिखेल नगरपालिका आफैले सञ्चालन गर्ने छ ।

प्रकाशित मिति: ९ वैशाख २०७८, बिहीवार १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु