धुलिखेल नगरपालिका द्वारा कोभिड-१९ ब्यबस्थापनमा १ करोड रुपैयाँको कोष स्थापना गर्ने ।
धुलिखेल । धुलिखेल नगरपालिकाले बढ्दो कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खर्च गर्ने गरी कोष स्थापना गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी बताउनुभयो । धुलिखेल नगरपालिकाले अघिल्लो वर्ष पनि कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन निर्माण लगायतका कामहरु गरेको थियो ।
कोरोना कोषको रकम संक्रमितहरुको उपचारका लागि खर्च हुनेछ । त्यस्तै नगरपालिकाले नगरबासि संक्रमित भएको अवस्थामा होम आईसोलेसनमा अक्सिजन प्रयोग, ब्यवस्थापन तथा अस्पताल पुग्नु पर्ने भएमा निःशुल्क एम्बुलेन्सको ब्यवस्थापन समेत यसै कोषबाट गर्ने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
धुलिखेल नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ त्यसैले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि धुलिखेल नगरपालिकाले आवश्यक तयारी गर्न लागेको हो ।

प्रकाशित मिति: १६ वैशाख २०७८, बिहीवार १६:०१ बजे











