४ चैत २०८१, मंगलवार

निषेधाज्ञा थप कडा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताउनुभयो ।

देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ सङ्क्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उहाँले बताउनुभयो ।

गत वर्षको कोरोना महामारीमा सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संङ्क्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको उहाँले बताउनुभयो । दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।

एक हजार शय्याको कोभिड अस्पताल निर्माण गर्न सेनालाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र राजधानीमा एक हजार शय्याको कोभिड अस्पताल निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
ठूलो अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका मेडिकल कलेज र ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
यसैगरी प्रदेश सरकारमा पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । साथै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति: २० वैशाख २०७८, सोमवार २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु