६ चैत २०८१, बुधवार

काभ्रेमा ८२ जनामा कोरोना संक्रमण पुष्टि,९ जना संक्रमणमुक्त, ७ संक्रमितको मृत्यु

काभ्रे । काभ्रे जिल्लामा आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज सबैभन्दा धेरै संक्रमित बनेपा र धुलिखेल नगरपालिकाबाट थपिएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २० जना महिला र २३ जना पुरुष, धुुलिखेल नगरपालिकाबाट १० जना महिला र १० जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र ६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला, नमोबुद्ध नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला र चौरीदेउराली गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६८ पुगेको छ । जिल्लामा अहिले ६ सय २६ जना सक्रिय संक्रमित रहेको उनले बताए । जसमध्ये ६ सय ३ जना होम आईसोलेसनमा र २३ जना अस्पताल आईसोलेसनमा उपचाररत छन् । त्यस्तै काभ्रेमा आज ९ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

पछिल्लो २४ घण्टामा मात्रै काभ्रे जिल्लामा ७ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ४ जना संक्रमित काभ्रे जिल्लाको र बाँकी अन्य जिल्लाका संक्रमित रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

प्रकाशित मिति: २१ वैशाख २०७८, मंगलवार २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु