काभ्रे जिल्लामा १ सय ६५ जनामा संक्रमण पुष्टि, २२ जना संक्रमणमुक्त

काभ्रे । काभ्रेमा २४ घण्टामा १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार उक्त संख्या हालसम्मकै उच्च रहेको छ । काभ्रेमा केही दिनदेखि कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढि रहेको छ ।
काभ्रेमा थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २० जना महिला र ४४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १४ जना महिला र १८ जना पुरुष, पनौती नगरपालिकाबाट ३३ जना महिला र १० जना पुरुष, पाँचखाल नगरपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र ५ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, रोशी गाउँपालिकाबाट २ जना महिला र ४ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष र १ जना महिला रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
काभ्रेमा हालसम्म संक्रमित ४ हजार ३ सय ९२ पुगेको छ । काभ्रेमा अहिले ९ सय १० जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । जिल्लामा आज २२ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
प्रकाशित मिति: २३ वैशाख २०७८, बिहीवार १७:४३ बजे