२० वैशाख २०८२, शुक्रवार

काभ्रे जिल्लामा निषेधाज्ञा एक साताका लागि थपिदै, बैंक तथा सहकारी आलोपालो संचालन हुने

काभ्रे । काभ्रे जिल्लामा कोभिड १९ का विरामीहरु बढ्दै गए पछि एक साता अघि आंशिक निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आईतबार राति १२ बजेसम्मको निषेधाज्ञाको अवधी बढाउने तयारी गरेको छ ।

उपत्यकामा निषेधाज्ञा थपिएको तथा काभ्रे जिल्लामा‘सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले एक साताका लागि निषेधाज्ञाको अवधी बढाउने तयारीमा छौं ।’ बैशाख २६ गते आईतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोश्रो अवधी जेठ २ गते राति १२ बजेसम्म कायम हुनेछ । बैशाख २८ गते आमाको मुख हेर्ने दिन हो । उक्त दिन आमाको मुख हेर्न जानेआउनेहरुको घुँईचो हुने भएकाले प्रशासनले कडाईका साथ निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय चौकी तथा मातहतका निकायहरुलाई निर्देशन दिईसकेको छ ।

दोश्रो चरणको निषेधाज्ञामा वित्तिय क्षेत्रलाई समेत कडाई गरिनेछ । यस अघि वित्तिय क्षेत्रका सहकारी, बैक र विमा कम्पनीहरु निर्वाध संचालन भईरहेका थिए । आईतबारबाट लागु हुने गरी वित्तिय क्षेत्र अन्र्तगत बैकहरु आलोपालो गरी संचालन हुनेछन् । त्यस्तै सहकारीहरुले साताको दुई दिन मात्र संचालन हुनेछन् । सहकारीहरुले शेयर सदस्यहरुको सहजताका लागि सातामा दुई दिन संचालन गर्नेछन् । बैक र सहकारी नियमित संचालन हुँदा निषेधाज्ञा कार्यान्वयनमा जटिलता देखिएको थियो । सडकमा भिडभाड बढेसँगै प्रशासनले वित्तिय क्षेत्रको ब्यवस्थापन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

भिडभाड नियन्त्रण गर्न बजार खुल्ला हुने समयमा समेत हेरफेर गर्न सुझाव दिईएको छ । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको कोभिड रोग नियन्त्रण सम्वन्धी बैठकमा सहभागिहरुले बजारमा भिडभाड रोकिन नसकेकाले खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु खुल्ला रहने समय परिवर्तन गर्न सुझाव दिएका हुन् । दोश्रो पटक जारी हुने निषेज्ञाज्ञामा केहि हेरफेर हुनेछ भने अहिले लगाईएको निषेज्ञाको क्षेत्र आवश्यकता अनुसार बढाउन सकिने छ । स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञामा छ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ ।

पालिकाका मुख्य केन्द्रहरु शहरोन्मुुख भएकाले पालिकाहरु स्वंय आफुले भिडभाड नियन्त्रणका लागि योजना बनाई कार्यान्वयन गर्ने भए पनि सर्वसाधारणहरुको जमघट बाक्लै छ । जिल्लामा शुक्रबार साँझसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६४ पुगेको छ । बनेपा धेरै संक्रमित भएको नगरपालिका हो ।

प्रकाशित मिति: २५ वैशाख २०७८, शनिवार २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु