नेपाल खेलुकद महासंघले काभ्रे जिल्ला प्रहरीलाई दियो स्वास्थ्य सामाग्री
काभ्रे । नेपाल खेलकुद महासंघले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।
कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी नेपाल खेलकुद महासंघले स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो । नेपाल खेलुकद महासंघको आवहान कोभिड नो भिड अभियान अन्तर्गत नेपाल खेलुकद महासंघको वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । काभ्रे जिल्लामा मास्क , सेनीटाइजर, ग्लोभ्स लगायत विभिन्न सामाग्रीहरु उपलव्ध गराएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत , राष्ट्रिय युवा संघको उपाध्यक्ष रोशन बस्नेत ,नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव उमेश केसी,नेपाल खेलकुद महासंघका केन्द्रिय स्थायी कमिती सदस्य निरज खड्का, केन्द्रिय सदस्य अमित खोजु र आनन्द सागर लगायतको उपस्थिति रहेको थियो । नेपाल खेलकुद महासंघको आव्हान, ‘कोभिड–नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको जानकारी उक्त कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष पर्शुराम बस्नेत बताएका छन् । पहिलो चरणमा अहोरात्र सडकमा खटिदै प्रत्यक्ष जनसम्पर्कमा रहने भएकाले कोभिड संक्रमणको अग्रस्थानमा रहेका प्रहरीकाहरुको लागि यो स्वास्थ्य सामाग्री प्रदान गरिएको उनको भनाई थियो ।
प्रकाशित मिति: २७ वैशाख २०७८, सोमवार २०:५१ बजे











