भेरोसेलको दोश्रो डोज जेठ २ देखि, काभ्रेमा ७ वटा केन्द्रमा ५२४० लाई खोप दिइदै
काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले २०७७ चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म धुलिखेल अस्पतालमा कोभिड १९ विरुद्ध भेरोसेल पहिलो डोज खोप लगाएकाहरुलाई दोश्रो डोज जेठ २ गते देखि दिनेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।
‘काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा पहिलो डोज भेरोसेल खोप लगाउने ब्यक्तिहरुका लागि जेठ २ देखि ६ गतेसम्मको कार्यतालिका बनाएका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘समय र स्थानका बारेमा स्थानीय पालिकाहरुमा सम्पर्क ब्यक्ति समेत तोकेर सर्वसाधारणहरुको जानकारीका लागि सूचना प्रकाशन गरेका छौं ।’ कोभिड १९ विरुद्धको खोप लगाएका अधिकांश ब्यक्तिहरुमा संक्रमण नभएको र केहिमा देखिएको संक्रमणबाट पनि जोखिम नदेखिएकाले महामारीकै बीचमा भेरोसेल खोपको दोश्रो डोज दिन लागिएको हो ।

प्रकाशित मिति: ३१ वैशाख २०७८, शुक्रवार १९:१५ बजे











