२० वैशाख २०८२, शुक्रवार

धुलिखेल नगरपालिका शनिबार बेलुका १२ बजेदेखि ‘शिल

धुलिखेल । धुलिखेल नगरपालिकामा कोरोना सङ्क्रमण बढिरहेकोले धुलिखेल नगरपालिका शनिबार राति १२ देखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा मिति २०७८ जेठ ७ को बैठकले शनिबार राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो ।

कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई मिति २०७८ जेठ १२ गते रातको १२ बजे सम्म सिल गर्नुपरेको नगरप्रमुख अशोक व्याञ्जुले बताउनुभयो । उहाँका अनुसार शनिबार राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, व्याञ्जुले भन्नुभयो ।
नगरद्वारा जारी अपिलमा धुलिखेल नगरपालिकामा कोभिड १९ को प्रकोप अत्याधिक बढ्न गइ अनियन्त्रण हुन्दै गएको कारणले सेवा र ब्यबस्थापन कठिन हुँदै गएको जानकारी गराउदै । तसर्थ २०७८जेष्ठ ९ गते देखी सबै प्रकारको सेवा बन्द गर्ने गरि शिल गरिएको छ । सबै नगर बासी दाजु /भाइ तथा दिदी /बहिनी हरुमा यो सुचना जारी गरिएका छौ । धुलिखेल नगरपालिकाले जारी गरेको सुचना मा भनिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणको दोस्रो लहर यस नगरपालिका भित्र पनि तीव्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या पनि दिनानुदिन बढीरहेकोले नगरपालिकाको सम्पूर्ण क्षेत्र संक्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको यस विषम परिस्थितिमा कोरोना भाइरस संक्रमणको श्रृंखला तोडी संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न धुलिखेल नगरपालिकाको मिति २०७८/०२/०७ गतेको निर्णय अनुसार मिति २०७८ साल जेठ ८ गते शनिवार राती १२:०० बजेदेखि मत २०७८ साल जेठ १२ गते बुधवार रातीको १२:०० बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा शिल गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचनाको उल्लंघन कहिँ कसैबाट भएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ

१. अत्यावश्यक सेवा र औषधि पसल बाहेकका अन्य सबै प्रकारका पसल ब्यवसाय पूर्णरुपमा बन्द गर्ने

२. औषधी, स्वास्थ्य सेवा जन्य सामाग्री तथा अत्यावश्यक बस्तु बाहेकका सबै सामाग्रीहरुको ढुवानी ओसार पसार र बिक्री बितरण

बन्द गर्ने ।

३. अत्यावश्यक सेवा तथा स्वास्थ्य सेवा जन्य उत्पादन बाहेकका सबै उध्योग र व्यवसाय बन्द गर्ने

४. अत्यावश्यक सेवा प्रदान गर्ने र स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण सार्वजनिक सेवाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा सेवा बन्द

५. निर्माण सामाग्रीहरुके ढुवानी गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको निषेध आदेशमा उल्लेख भएको समय अनुसार गर्ने र निर्माण कार्यमा नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन

६. निषेध नगरिएका सेवाहरुको प्रवाह तथा बस्तुहरुको उत्पादन बिक्री बितरण ढुवानी र ओसार पसार गर्दा नेपाल सरकारले तोकेको

सम्पूर्ण स्वास्थ्यका आधारभूत सुरक्षा मापदण्ड कडाईका साथ अवलम्बन गर्ने ७. सूचना विभागबाट जारी भएको प्रेस पास भएका तथा अत्यावश्यक सेवा संग सम्बन्धित निकाय तथा कर्मचारीले प्रयोग गर्ने सवारी

साधन बाहेकका अन्य कुनै पनि सवारी सञ्चालन बन्द गर्ने ८. कोभिड १९ संग सम्बन्धित कुनै लक्षण देखिएमा वा कुनै स्वास्थ्य समस्या भएमा पुर्व सुचना बमोजिम नगर पालिकाले तोकेका

सम्पर्क व्यक्तिहरु तथा स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्ने । जारी सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: ७ जेठ २०७८, शुक्रवार २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु