२० वैशाख २०८२, शुक्रवार

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको एक मन्त्रीले बताए ।

प्रकाशित मिति: ८ जेठ २०७८, शनिवार ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु