२० वैशाख २०८२, शुक्रवार

नगरपालिका संघले स्वास्थ्य मन्त्रालयसंग माग्यो खोप खरिदका लागी अनुमति

काठमाडौँ ‌ । स्वास्थ्य मन्त्रालयसंग नेपाल नगरपालिका संघले नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्नका लागी स्वास्थ्य अनुमति मागेको छ।

नेपाल नगरपालिका संघले सरकारको नीति, नियम र मापदण्ड भित्र रही नगरपालिकाहरुले आफ्नै पहलमा खोप खरिद गर्न अनुमति दिन माग गरेको हो।

समुदायमा महामारी बढेसँगै समुदाय स्तरबाट खोपको माग अत्याधिक बढ्न थालेकोले खोप खरिद गर्न चाहने नगरपालिकाहरुलाई आवश्यक स्वीकृती प्रदान गरि नगरबासीहरुको बाँच्न पाउने र सहज स्वास्थ सेवाको मौलिक हक सुनिश्चित गर्न समेत नेपाल नगरपालिका संघले मन्त्रालयको ध्यान आकर्षण गराएको छ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु द्वारा जारी गरीएको बिज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण नगरपालिकाहरुको प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका संघले पनि कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खोपका लागि स्थानीय सरकारका अन्तराष्ट्रिय संघमहासंघसँग हरसम्भव पहल गरिरहेको छौ’ ।

फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिती आउन सक्ने भएकोले मुलूकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरि नागरिकको जीउ, ज्यान सुरक्षाका गर्नका लागि माननीय मन्त्रीज्यू समक्ष २०७८ बैशाख २७ गते ११ बुँदे ध्यानाकर्षण गराएको कुरा समेत पुनः स्मरण गराउन चाहन्छौ पत्रमा भनिएको छ ।

साथै संघले देशभरका नगरपालिकाहरुलाई आफ्ना अन्तराष्ट्रिय भगिनी संस्थाहरुसँग स्वास्थ सामग्री र खोपका लागि अनुरोध गर्न समेत आव्हान गरेको छ।

प्रकाशित मिति: १७ जेठ २०७८, सोमवार १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु