६ चैत २०८१, बुधवार

मेलम्ची बाढीपीडितलाई काठमाडौं महानगरबाट दुई करोड राहत घाेषणा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोका पीडितहरुलाई काठमाडौं महानगरपालिकाले आपतकालीन सहयोगका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ । आज बसेको ९ औं अधिवेशन तथा नगरसभाको बैठकले पीडित परिवारलाई उक्त रकम दिने निर्णय भएको काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य पासाङ नुर्वु लामाले जानकारी दिनुभयो ।

मनसुन नेपाल प्रवेश गरेसँगै सक्रिय भएको मनसुनका कारण मेलम्ची र इन्द्रावती नदीमा बाढी आउँदा सात जनाको मृत्यु भएको छ भने ६ जना विदेशी नागरिकसहित २० जना बेपत्ता भएको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बिहिबार विज्ञप्ति जारी गरेर जनाएको छ । अझै क्षतिको विवरण आउने क्रममा रहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । काठमाडौं महानगरले यस अघि पनि कोरोना भाइरस नियन्त्रणका लागि अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो ।

प्रकाशित मिति: ३ असार २०७८, बिहीवार १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु