धुलिखेल नगरपालिकाको बिपन्न किसान परिवारलाई हाते ट्याक्टर र बाख्रा वितरण
धुलिखेल । धुलिखेल नगरपालिकाको आब २०७७/७८ अन्तर्गत कृषिलाई यन्त्रीकरण गर्दै कृषि उत्पादन वृद्धि गर्न नगर प्रमुख अशोक ब्याञ्जुले बिपन्न किसान परिवारलाई हाते ट्याक्टर वितरण गर्नुभयो । धुलिखेल नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई हाते ट्रयाक्टर ,थ्रेसर,मकै छोडाउने मेसिन,स्प्रेयर लगायतका कृषि सामग्री वितरण गर्नुभयो ।
धुलिखेल नगरपालिकाले एक कार्यक्रमका बीच कृषि सामग्री वितरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई कृषिको केन्द्रको रुपमा विकसित गर्ने र त्यसको लागि नगरपालिका किसान साझेदार कार्यक्रम सञ्चालन गर्ने कुरा बताउनु भयो ।

नगरपालिकाले आब २०७७/७८ को महिला संग उप मेयर कार्यक्रम अन्तर्गत सबै वडाका बिपन्न महिला हरुलाई व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न बाख्रा वितरण गरिएको छ ।
धुलिखेल नगरपालिकाले नगरभित्रका बिपन्न महिलालाई बाख्रा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गरी बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न बाख्रा वितरण गरिएको उपप्रमुख बिमला शर्माले बताउनुभयो ।



प्रकाशित मिति: २३ असार २०७८, बुधवार २२:२० बजे











