राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख हेरफेर

कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नु भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान धारा १६३ को उपधारा (२) बमोजिम नियूक्त गरिएकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेल र लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनु भएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
प्रकाशित मिति: १२ साउन २०७८, मंगलवार २१:२७ बजे