६ चैत २०८१, बुधवार

नेकपा एमाले धुलिखेल वडा नं ८ को भेला सम्पन्न

धुलिखेल-८ मा एमालेप्रति आकर्षण बढ्दो

धुलिखेल । धुलिखेल वडा न.८ नेकपा एमालेको संगठित सदस्य को वडा भेला सम्पन्न भयको छ । पार्टी कमिटी वडाका अध्यक्ष राम वाईवाको सभापतित्वमाकार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख आतिथिको रूपमा एमाले जिल्ला अध्यक्ष अशोक कुमार व्यञ्जु, विशेष अतिथि धुलिखेल नगरका उप प्रमुख तथा जिल्ला सदस्य विमला शर्मा , जिल्ला सदस्यहरू मोहन गजुरेल साधुराम वडाल, वडा अध्यक्ष निराजन जंगम लगाएतको उपस्थिति रहेको थियो।

नेकपा एमाले वडा नं ८ काे भेला एमाले काभ्रे जिल्ला कमिट अध्यक्ष अशाेक ब्याञ्जुकाे प्रमुख अातिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलामा १६० जना भन्दा बढि अगुवा कार्यकर्ताकाे उपस्थिति रहेकाे वडा सचिव मिलन गाैतमले जानकारी दिए । भेलाले टाेलटाेलमा संगठित सदस्य विस्तार गर्दै पार्टी संगठन सुदृढ गर्ने निर्णय गरेकाे छ । देश विकासमा एमालेकाे ठुलाे याेगदान रहेकाे बताउँदै एमालेले मात्रै देशकाे मुहार फेर्न सक्ने एमाले काभ्रे अध्यक्ष अशाेक ब्याञ्जुले बताए । अाेली नेतृत्वमा देशले समृद्धिकाे बाटाे लिएकाे, समृद्धि काम गरेर अाउने हाे भन्दै अध्यक्ष ब्याञ्जुले एमाले काम गर्ने पार्टी रहेकाे बताए । उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा धुलिखेल नगरपालिकाको उपप्रमुख विमला शर्माले पनि सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा वडा अध्यक्ष निराजन जंगमले वडामा अत्यावश्यक स्वास्थ्य वाटो, पानी, विधुत र दैनिक जीवन निर्वाहको लागि आवश्यक पर्ने जनजिवन संग सरोकार राख्ने काम र युवा लक्षित सीप तथा क्षमता विकासका काम गरेको र यसलाई निरन्तरता दिन भनाइ राख्नु भएको थियो । त्यसैगरि प्रमुख अतिथि व्याञ्जुले नगरमा स्वास्थ्य को दायरालाई अगाडि वढाउंदै वडा – वडामा स्वास्थ्य चौकि र केन्द्रहरू स्थापना गरेको, हाल कोभिड पछाडि खोप लगाउनेमा देशै भरि धुलिखेल नगर अगाडि रहेको, लगभग ८५% लाई खोप लगाई सकेको विचार राख्नु भयको थियो । कार्यक्रम नेकपा एमालेको केन्द्रीय कमिटीले पारित गरेको पार्टी सदस्य नविकरण तथा नयाँ सदस्य वितरण कार्यक्रम लाई निरन्तर दिन वडाले पनि तिव्र गतिमा आफ्नो जिम्मेवारी पूरा गरेको थियो ।

प्रकाशित मिति: १६ साउन २०७८, शनिवार २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु