५ माघ २०८१, शनिवार

काभ्रे जिल्ला ब्यापी फुट्सल प्रतियोगिता सम्पन्न

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको फुट्सलमा मैदानमा जिल्ला ब्यापी फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । काभ्रे जिल्ला ब्यापी फुट्सल प्रतियोगिता समापन कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै उक्त कार्यक्रममा बिशेष अथितीका रुपमा धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माको हुनुहुन्थ्यो । काभ्रे जिल्ला ब्यापी फुट्सल प्रतियोगिता रन्जित लामाको सभापतित्वमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाबाट २४ टिमले सहभागिता जनएको थियो । काभ्रे जिल्ला ब्यापी फुट्सल प्रतियोगिता बिजेता धुलिखेल नगरपालिका वडा नं ७ भएको थियो । उप बिजेता धुलिखेल नगरपालिका वडा नं ६ भएको थियो।बिजेता टिमले ४० हजार नगद , मेडल , ट्रोफी र सिर्टिफिकेट हात परेको छ भने उप बिजेता टिमले २० हजार नगद , मेडल , ट्रफी र सिर्टिफिकेट हात पारेको छ । उक्त कार्यक्रममा विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले नगद , मेडल , ट्रफी र सिर्टिफिकेट प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: २४ साउन २०७८, आइतवार १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु