२१ वैशाख २०८३, आइतवार

लुम्बिनीमा सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान

रूपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयबाट विहिबार अपरान्ह तीन बजेभित्र दावी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलहरुलाई आह्वान गरिएको हो ।

प्रकाशित मिति: २७ साउन २०७८, बुधवार २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु