६ चैत २०८१, बुधवार

धुलिखेलमा एकैदिन ४२७७ जनाले लगाए एस्ट्राजेनेका खोपको पहिलो डोज, ब्यवस्थापन उत्कृष्ट

धुलिखेल । कोरोना लहरको २ बर्ष बितिसक्दा पनि नेपालको विभिन्न क्षेत्रमा कोरोना विरुद्धको खोप पुर्याउन नसकेको अवस्थामा धुलिखेल नगरपालिका नेपालकै सबै भन्दा धेरै खोप लागाउने शहर बनेको छ।

धुलिखेल नगरपालिकामा यस अघि लगाइएका, खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाइएको छ।।
हालसम्म धुलिखेल नगरपालिकामा १८ बर्ष उमेर नाघेका ९५ %(प्रतिशत) नागरिकले विभिन्न फेरिएन्ट गरि पहिलो खोपको मात्रा लगाएका छन् ।

धुलिखेल नगरपालिकामा आज मात्रै १८१२ पुरुष तथा २४६५ महिला गरी ४ हजार २ सय ७७ जनाले कोरोना बिरुद्धको (एस्ट्राजेनिका) पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति: १ भदौ २०७८, मंगलवार २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु