६ चैत २०८१, बुधवार

यु एम साकोसको १० औ साधारण सभा

यु एम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो दशौ वार्षिक साधारण सभा गरेको छ । १० गते देखि १६ गते सम्म‌ चल्ने सभामा सेवा कार्यालयले आफ्नो सेवा केन्द्र भकुण्डेबाट पनि साधारण सभा गरेको छ ।

कार्यक्रम प्रमुख अतिथिको रुपमा नमोबुद्ध नगरपालिका वडा नं ७ का वडाध्यक्ष धर्मसिंह लामाको उपस्थिति रहेको थियो । त्यसै गरि स्थानीय जनप्रतिनिधिहरु , विभिन्न संघसँस्थाका प्रतिनिधिहरु , सेयर सदस्यहरु उपस्थिति रहेको उक्त कार्यक्रममा “सहकारिको विकासले एक किसान र विपन्न वर्गमा परेको फाइदाको बारेमा र यसले वचत गर्ने बानिको बिकास गराउने र मौद्रिक वचत तर्फ उन्मुख भइ सहकारिमा एक मोह भएको ” लामाले आफ्नो भनाइ राख्नु भएको थियो ।

सभामा सहकारिलाइ सेवा पुर्याउने र सहकारिमा उत्कृष्ट वालवचत , असल ऋणि , दैनिक वचत र जेष्ठ नागरिकलाई विभिन्न विधामा सम्मान प्रदान गरेको छ ।
जसअन्तर्गत उत्कृष्ट वालवचत तर्फ रिशिका तिमल्सिना , उत्कृष्ट दैनिक वचत तर्फ रामभक्त श्रेष्ठ , असलि ऋणि अन्तर्गत लिलामाया तामाङ र जेष्ठ नागरिक सम्मान अन्तर्गत छायादेवि हुमागाईले सम्मान पाउनु भएको छ ।

प्रकाशित मिति: ११ असोज २०७८, सोमवार २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु