६ चैत २०८१, बुधवार

अनेरास्ववियु धुलिखेल नगर कमिटिको चौथो नगर भेला सम्पन्न, प्रभुराम धिताल अध्यक्ष

धुलिखेल | अनेरास्ववियु धुलिखेल नगर कमिटीको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । उक्त कार्यक्रम नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठज्युको प्रमुख आथिथ्यता तथा अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष जेनिस लामा ज्युको बिशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ | यससँगै धुलिखेल नगर कमिटीले नयाँ पदाधिकारी पाएको छ । आज भएको सम्मेलनले प्रभुराम धितालको नेतृत्वमा २६ सदस्य कमिटी गठन गरेको हो । कमिटीमा अध्यक्ष धितालसँगै, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं, उपाध्यक्षहरुमा आशिष न्यौपाने, दिव्या धिताल, सरिता दनुवार, सुवास चन्द्र लोप्चन सचिव सुबोध धिमाल, सहसचिव भुपाल नापित, आष्मा सुवाल, सुजन कोइराला, कोषाध्यक्ष रोजिना श्रेष्ठ लगायतका सदस्यहरु रहेको कमिटी गठन गरेको नयाँ कमिटीका सचिव सुबोध धिमालले जानकारी दिनु भयो|

कार्यक्रम नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । व्याञ्जुले विद्यार्थीलाई शिक्षा, सीप र उद्यमशीलताको यात्रामा लैजानुपर्ने बताए ।
पढेलेखेको मान्छे राष्ट्रप्रति जिम्मेवार भएन भने केवल व्यावसायिक व्यक्ति मात्रै रहन्छ । उसले आफ्नो घरपरिवार मात्रै चलाउन सक्ने क्षमता राख्दछ । यसर्थ एक सचेत विद्यार्थीमा राजनैतिक चेत हुनुपर्नेमा जोड दिए । तर विद्यार्थीले राजनैतिक सहभागिता कसरी लिने ? भन्ने विषयवस्तु महत्वपूर्ण हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरप्रमुख व्याञ्जुले अनेरास्ववियुले विद्यार्थीको सामाजिक राजनैतिक दायित्वलाइ पूरा गराउनुपर्नेमा जोड दिए । विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्यो कि गरेन भन्ने भन्ने कुरामा विषयगत रुपमा छलफल गर्नुपर्ने बताए ।

‘धुलिखेल नगरपालिकाले नगरपालिका भित्रका सञ्जीवनी कलेज र धुलिखेल क्याम्पस मार्फत स्नातक तहमा निःशुल्क शिक्षण गर्ने व्यवस्था मिलाएको छ ।’ नगरप्रमुख व्याञ्जुले भने, ‘नगरपालिका समाजवादको बाटोमा हिडेको छ भन्ने उदाहरण पेश गरेको छ ।’ नगरपालिकाले खानेपानी, सडक कालोपत्रे लगायतका विकासका पूर्वाधार निर्माणमा तीव्रतर रुपमा अगाडि बढेको बताए । दलित, जनजाति र आदिवासीको लागि परिषद बनाएर अगाडि बढेको बताए ।

प्रमुख अतिथि ब्याञ्जुले काभ्रे लगायत ८ वटा जिल्लाहरुमा सबै विद्यालय, स्वास्थ्यचौकी, पालिकाका वडा कार्यालयमा अप्टिकल फाइबर मार्फत इन्टरनेटको सुविधा उपलब्ध गराइदिने प्रतिबद्धता जनाए । उपलब्ध वाइफाई इन्टरनेटको उपयोग विद्यार्थीले आफ्नो शैक्षिक विकासको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । उपयोगी र ज्ञानबद्र्धक सामाजिक सञ्जालको उपयोग गर्नुपर्ने बताए । नचाहिने विषयवस्तुमा नअल्झिएर आफ्नो क्षमता विकासमा अनेरास्ववियुमा जोडिन आग्रह गरे ।

राजनैतिक दायित्व निर्वाह गर्दै सामाजिक रुपान्तरणको भूमिकामा अब्बल भएर लाग्न सुझाए । उत्पादनशील जीवनलाई क्षमता विकासमा ध्यान दिन आग्रह गरे । विद्यार्थीहरुको न्याय, सामानता र पेशागत जीवन बलियो बनाउन एकताबद्ध भएर अनेरास्यवियुमा लाग्न जरुरी रहेको बताए । बजारमा विद्यार्थीलाई आफ्नो समूहमा लाग्न आग्रह गर्लान् तर चिया खाजा खाएको भरमा पार्टीमा नलागी विद्यार्थी हकहितमा कसले बढी मान्यता दिएको छ । कुन राजनीतिक विचारधाराद्वारा आफ्नो विचारधारा सफल हुन्छ भन्नेमा सम्पूर्ण विद्यार्थीले विचार गर्नुपर्नेमा जोड दिए ।

पढेको मान्छे बेरोजगार हुनु भनेको खतरनाक कुरा हो । ४५ लाख मानिस नेपालमा छैनन् बिदेशमा रहेका छन् । हामीले उनीहरुलाइ किन राख्न सकेनौ भन्ने विषयमा सोच्न पर्ने बताए । शिक्षासँगसँगै रोजगारिको विकास हुनुपर्ने बताए । सिसा सीप र उद्धमशीलताको बाटोमा लाग्नुपर्ने बताए । सामाजिक दायित्व मा राजनैतिक दायित्व मा पर्छ कि पर्दैन । युवा शक्तिको लागि देध चलाउन आवश्यक रहेको बताए । मैंले सामाजिक र व्यक्तिगत रुपमा के भूमिका निर्वाह गर्नुपर्ने भने विषयमा बोल्नुपर्छ ।

२ बर्षभित्र गरिब नभएको नगरपालिका बनाउन धुलिखेल नगरपालिका सक्रिय रहेको बताउँदै मेयर ब्याञ्जुले टोबाको फ्री नगर बनाउने घोषणा गरे । कोरोना भाइरसको खोप कार्यक्रमको विषयमा बोल्दै मेयर ब्याञ्जुले काठमाण्डौ नगरमा ५४ प्रतिशत नागरिकले खोप पाउँदा धुलिखेलमा १८ वर्ष माथिका ९८ प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको बताउनुभयो । आजका मानिसले सामाजिक र व्यक्तिगत भूमिका पहिचान गर्नुपर्दछ । गन्तव्य पुग्नका लागि जीवनको लक्ष्य तय गर्नुपर्ने बताए । नेपालको शैक्षिक योग्यताको विषयमा उनले स्पष्ट पारे ।

कार्यक्रम अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष जेनिशा लामाले मुलुकको लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियु भएको दाबी गरे । नेता लामाले धुलिखेल नगरको सम्मेलनले धुलिखेलका शैक्षिक समस्या निराकरणका लागि लाग्नुपर्ने, धुलिखेल नगर भित्रका बिद्यार्थीको हकहितका लागि कार्यहरु गर्नुपर्ने बताए | कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा अनेरास्ववियु धुलिखेल नगर कमिटि सस्थापक अध्यक्ष हरिश चन्द्र घिमिरले धुलिखेलका मात्र नभई काभ्रे र नेपालकै उत्कृष्ट रुपमा धुलिखेल नगर कमिटिले कार्य गर्दै आएको र आगामी दिनमा पनि बिद्यार्थीका समस्या समाधान गर्न व्यक्तिगत तथा अनेरास्ववियु केन्द्रिय कमिटि मार्फत हमेशा साथ सहयोग रहने कुरा बताउनु भयो | अनेरास्ववियु काभ्रेका संयोजक गोविन्द उप्रतीले बिधार्थीहरुलाई यातायातमा ४५% छुट भयो भएन भएन हेर्ने जिम्मेवारी रहेको बताए । अनेरास्ववियुले विद्यार्थीहरुको संस्थागत रुपमा रक्षा गनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य शालिकराम पराजुली, हरिचन्द्र घिमिरे, उपेन्द्र शर्मा, सुन्दर खड्का, नवराज ढकाल, सुन्दर लामा, युवा संघ काभ्रेका संयोजक विक्रम चौलागाईं, पूर्व राष्ट्रिय परिषद सदस्य विष्णु धिताल, नेकपा एमाले धुलिखेल नगरकमिटी सचिव निराजन जंगम, धुलिखेल २ का वडा अध्यक्ष देव प्रसाद कोइराला, वडा नं. ९ का वडा अध्यक्ष बसन्त रानाभाट, वडा नं. १० का वडाध्यक्ष एवं पुष्पराज राउत लगायत ३०० भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १४ असोज २०७८, बिहीवार १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु