६ चैत २०८१, बुधवार

नेकपा एमालेमा केन्द्रीय सदस्य र पदाधिकारी थपिने, पाेलिटब्युराे गठन हुने

चितवन । नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा आयाेजित एमाले पार्टीको केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो ।

एमालेले ९९ सदस्यीय पाेलिटब्यूराे गठन गर्ने निर्णयसमेत गरेकाे छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएकाे छ । एमालेका आयाेग २५ सदस्यीय हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएकाे छ । जसअनुसार उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेकाे छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएकाे छ । हाल पदाधिकारीमध्यबाट ५ जनाकाे सचिवालय बनाउने व्यवस्था रहेकाे थियाे ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रिय समिति वैठकले सर्वसम्मतिले पारित गरेको हो । केन्द्रिय समितिले गरेको निर्णयअनुसार भोलीको बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ११ मंसिर २०७८, शनिवार ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु