२० वैशाख २०८३, शनिवार

अनेरास्ववियुको झापा बैठक सम्पन्न, राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय सचिवालयको झापा जिल्लामा भएको पहिलो बैठक सकिएको छ ।

अनेरास्ववियुको केन्द्रीय सचिवालयको बैठकश पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतवार २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु