२० वैशाख २०८२, शुक्रवार

पार्क नै पार्कहरुको सहर धुलिखेल

धुलिखेल । धुलिखेल नगरपालिकालाई लगभग पार्क नै पार्कको सहर भन्दा पनि फरक नपर्ने भएको छ । धुलिखेल नगरपालिकाले पछिल्लो समय अद्यावधिक गरेको तथ्याङ्क अनुसार ५३ वटा पार्क निर्माण भइसकेका छन् ।

 

कतिपय ठाउँमा निर्माणधिन अवस्थामा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपनि नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले पार्क निर्माणलाई प्राथमिकतामा राख्नु भएको हो । हालसम्म नगरपालिकाको १ देखि १२ नम्बर वडासम्म गरेर ५३ वटा पार्क निर्माण भइसकेको नगरपालिकाको रेडर्कमा छ ।

नगरप्रमुख ब्याञ्जुले आफ्नो चुनावी प्रतिबद्धतापत्रमै उद्योग तथा पर्यटन विकास शिर्षक अन्तर्गत पार्क निर्माण गर्ने उल्लेख गर्नुभएको थियो । जुन प्रतिबद्धतापत्रमा भनिएको छ ‘एक वडा, एक गन्तब्य को अवधारण अनुरुप पर्यटन सम्भावित क्षेत्रहरुमा पर्यटकीय मार्ग, साइक्लिंग रुट, भ्यू टावरहरु, होमस्टे प्र्रवद्र्धन, कृतिम ताल, मनोरञ्जचन पार्कहरु निर्माण गरिनेछन् ।

नगरपालिकाले हालसम्म वडा नम्बर १ मा ३÷३ लाखको २ वटा बालमैत्री पार्क निर्माण गरेको छ । वडा नम्बर २ मा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्वर्गीय वडाध्यक्ष राजन कोइरालाको स्मृति पार्क २२ लाख लगानी गरेर स्मृति पार्क बनाइएको छ ।

वडा नम्बर ३ मा १३ लाख ५० हजार लगानीमा ३ वटा पार्क, वडा नम्बर ४ मा ६ वटा पार्क बनेका छन् । जुन पार्कमा ५२ लाख रुपैयाँ खर्च भएको छ । वडा नम्बर ५ मा ४ वटा पार्क बनाइएको छ । जसमा २८ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ६ मा ६ वटा नै पार्क बनेका छन् । जसमा ७ लाखको नयाँ पार्क बनाइएको छ भने ५ वटा पार्क पुनःनिर्माण गर्न २४ लाख खर्च भएको छ । वडा नम्बर ७ मा ८ वटा पार्क निर्माण भएका छन् । जहाँ १ करोड ५६ लाख खर्च भएको छ ।

 

वडा नम्बर ८ मा ७ वटा पार्क बनेका छन् । यो पार्कमा १ करोड ८५ लाख २० हजार रुपैयाँ खर्च भएको छ । वडा नम्बर ९ मा २ वटा पार्क बनेका छन् । यसमा ७ लाख १० हजार खर्च भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १० मा तीन वटा पार्क बन्दा २२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

 

वडा नम्बर ११ मा ६ वटा पार्क निर्माण गरिएका छन् । ४७ लाख ७० हजार रुपैयाँ खर्चभएको छ । वडा नम्बर १२ मा ४ वटा पार्क निर्माण हुँदा ७० लाख २० हजार गरी ५३ वटा पार्क निर्माण भइसक्दा ६ करोड ५० लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

 

प्रकाशित मिति: २६ माघ २०७८, बुधवार १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु