२१ वैशाख २०८३, आइतवार

धुलिखेल नगरपालिका वडा नं ५ को विकासमा प्रतिवद्ध छौं – वडा अध्यक्षको उम्मेदवार प्रमोद श्रेष्ठ

धुलिखेल । स्थानिय तह निर्वाचन २०७९ को चुनाबी चहलपहल अहिले देशभर चलिरहेको छ । जस अनुरुप धुलिखेल वडा नम्बर ५ मा उत्तिकै देखिन्छ । २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेकपा एमालेका उमेद्धारहरु वडा सदस्य प्रमोद श्रेष्ठले यस पटक अध्यक्ष , यसै गरी महिला सदस्यमा पुन सजना खड्गीर सीता विकले दलित महिला सदस्य,भुवन श्रेष्ठ सदस्य पदमा उम्मेद्धारी दिएका छन् ।

२०७४ साल को निर्वाचनमा वडा अध्यक्षमा नेपाली काङ्ग्रेसले विजय हात पारेको यस वडामा सदस्यहरु भने ४ जना एमालेले हात पारेको थिए ।

एमालेका तर्फबाट अध्यक्ष पदमा उम्मेद्धार दिएका प्रमोद श्रेष्ठका अनुसार ५ वर्ष वडा अध्यक्ष पदमा आफ्नो पार्टीको उम्मेद्धार नहुनाले काम गर्न धेरै असहज अवस्था भएको बताउँछन् ।

तर पनि सदस्यहरुले मात्रै भएपनि धेरै काम र जनताको सेवामा तस्पर रहको बताएका छन् । असक्त अपाङ्गहरुलाई घर घर मा सामाजिक सुरक्षा भत्ता पुर्‍याउने , भुकम्प पिडितहको लागी राहतको कार्यक्रम, फ्रन्ट लाईनमा बसेर कोभिटको खोप वितरणमा सक्रिय भूमिका लगायत विकास निर्माणको काममा अगाडी बढेको समस्या आउदा अगाडि बसेर हल गरेको र सार्वजनिक सरकारी जग्गा जोगाउन बचाउन ज्यानको बाजि राखी सरकारी सम्पतिको रक्षा लगायत का समुदायलाइ प्रत्यक्ष लाभ हुने कार्य गरेकाले वडा बासीको मनमा वस्न सफल भएको दाबी गरेका छन् ।

त्यस कारण पनि वडाबासीले फेरि अत्याधिक मत र साथले आफू र नेकपा एमालको सूर्य ध्वजावहाक उम्मेद्धारलाई विजय गराई सेवा गर्ने अबसर दिने विश्वास भएको श्रेष्ठको दावी छ ।

प्रकाशित मिति: १७ वैशाख २०७९, शनिवार २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु