२६ वैशाख २०८२, बिहीवार

धुलिखेल एमालेको घरदैलो अभियानमा प्रवेशको लहर

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नं ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको घरदैलो कार्यक्रममा प्रवेश गर्नेको लहर देखिएको छ। नेकपा माओवादीमा दस वर्ष जनयुद्ध लडेका लडाकु गणेश हुमागाई नेकपा एमाले जिन्दावाद भन्दै माओवादी केन्द्र बाट एमाले प्रवेश गरेका छन् ।

साथै केही समय अगाडि मात्रै एमाले बाट काङ्ग्रेस गएका निबर्तमान कार्यपालिका सदस्य अर्जुन भुजेल काङ्ग्रेस भन्दा एमाले को नीति नियम र बिकास निर्माणका योजनाहरु धेरै नै राम्रो भन्दै एमाले मै फर्कने निर्णय गरेर घरदैलो कार्यक्रममा नै जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख पदको उम्मेदवार अशोक कुमार ब्यान्जु ले स्वगत गर्दै पुर्ण एमालेमा नै फर्केका छन्।

नेकपा एमालेको घर दैलो कार्यक्रममा एमाले प्रती उत्साह देखेर वडा कमिटी अध्यक्ष राम हुमागाईको अनुसार चुनाव जित्ने निश्चित रहेको बताउछन्।

प्रकाशित मिति: २३ वैशाख २०७९, शुक्रवार ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु