रोशिका अध्यक्ष डि.बि लामाले दिए राजिनामा

काभ्रे : जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएका छन् । रोशी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच लामाले आज गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।
आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा उनले राजिनामा दिएका हुन् ।
कार्यक्रममा बोल्दै लामाले भने, ‘पाँच वर्षको समय अवधिमा जनताको साथ र सहयोगकै कारण पालिकाबाट कार्य सम्पादनहरु उत्कृष्ट भए । जनताले दिएको साथ र सहयोगलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । भोलीको दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु ।’
प्रकाशित मिति: २३ वैशाख २०७९, शुक्रवार १४:३६ बजे