६ चैत २०८१, बुधवार

चुनावि घरदैलोमा पात्लेखेतमा उर्लिएको जनसागर

स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर नेकपा एमाले धुलिखेल नगरपालिका ११ नम्बर वडा कमिटीले वृहत चुनावी र्‍याली गरेको छ । वडाका उम्मेदवारहरु विकासी एजेण्डा लिएर चुनावी र्‍यालीमा पुगेका थिए । उम्मेदवारसँगै चुनावी र्‍यालीमा हजारौँको संख्यामा वडावासीको उपस्थिती रहेको थियो ।

धुलिखेल नगरपालिका–११ वडा पार्टी कार्यालयबाट सुरु भएको र्याली फसकोट‌,  चिसापानी, फुलबरी, पन्डितथोक, पात्लेखेत, ठुलीटार, कल्छे हुँदै डाडागाउँ सुकुटेबजार सम्म जनताको घरघरमा भोट माग्दै नगर प्रमुख तथा उपप्रमुखका उम्मेद्ववार साथै धुलिखेल ११ का वडा  अध्यक्ष  र सदस्य उम्मेद्ववारहरु सहितको टोलि पुगेकाो थियो ।

उक्त र्यालीमा धुलिखेल नगरपालिकामा मेयरको उम्मेदवार अशोक कुमार ब्यान्जु श्रेष्ठ, उपमेयरको उम्मेदवार लालतारा अधिकारी, वडाअध्यक्षको उम्मेदवार नारायण बडाल, सदस्यका उम्मेदवारहरु खुल्ला सदस्यका हरिभजन सेढाई तथा कृष्ण वहादुर तामाङ , महिला सदस्य कमलि तामाङ र दलित महिला सदस्य लक्ष्मी रम्तेलको सहभागितामा भव्य रुपमा सम्पन्न भएको थियो। उक्त र्यालिमा बाग्मती प्रदेश कमिटि सदस्य केशब बडाल, जिल्ला कमिटी सदस्य रविन्द्र न्यौपाने र नगर कमिटि अध्यक्ष दयाराम महत , उपाध्यक्ष निरज खड्का ,  सचिव बिष्णु धिताल लगायत वडाका हजारौ वडावासिहरुको  उपस्थिति रहेको थियो ।

फोटोफिचर तथा भिडियोहरु

काभ्रे :

 

प्रकाशित मिति: २५ वैशाख २०७९, आइतवार १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु