अनेरास्ववियु र अनेमसंघ धुलिखेलद्वारा रक्तदान कार्यक्रम सम्पन्न
धुलिखेल सरस्वती बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रगतको अभाव भएर कोहि व्यक्तिले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मुल उद्देश्यका साथ “रक्तदान जिबनदान”को नाराका साथ धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा २७ जना रक्दाताहरुले रक्तदान गर्नु भएको छ ।
बिभिन्न सामजिक व्यक्तित्व, समाजसेवि , राजनैतिक व्यक्ति तथा युवा , महिला र विद्यार्थीको भव्य उपस्थित रहेको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटि कोषाध्यक्ष तथा नेकपा एमाले काभ्रे जिल्ला कमिटि सदस्य जेनिश लामाको प्रमुख आतिथ्यतामा र अनेमसंघ काभ्रे जिल्ला कमिटी अध्यक्ष तथा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा अखिल नेपाल महिला संघ (अनेमसंघ), धुलिखेल नगर कमिटिको संयुक्त आयोजना तथा श्री ग्रामिण विकास बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल तथा स्राइम्स मिडिया प्रा. लि. को सहयोग र नेपाल रेडक्रसको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: ३२ असार २०७९, शनिवार २०:४६ बजे