नेकपा एमाले जनताको साझा पार्टी होः चन्द्र लामा
पनौती । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार एवं पुर्व मन्त्री चन्द्र लामाले नेकपा एमाले काभ्रेली जनताको साझा पार्टी भएको बताएका छन् । विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै लामाले उक्त कुरा बताएका हुन् ।
पनौतीमा आयोजित कार्यक्रममा एककिृत समाजवादीका जिल्ला कमिटी सदस्य धु्रव परियार, पनौती नगरपालिका वडा नम्बर ४ का सह–सचिव हरिहर थापा, वडा नम्बर ७ का वडा सदस्यका उम्मेदवर समेत रहनुभएकी बन्दना घतान, यस्तै मंगल तामाङ लगायत दजनौं जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुले अरु पार्टी भन्दा नीति, विचार सिद्धान्त तथा कार्यशैलीका आधारमा एमालेनै ठीक लागेर पुनः फर्किएको बताएका छन् ।
सोहि कार्यक्रममा बोल्दै पुर्व मनत्री समेत रहेका एमाले उम्मेदवार चन्द्र लामाले पार्टीगत आस्थाका आधारमा कहिल्यै पनि एमालेले आग्रह–पुर्वाग्रह नगर्ने भन्दै लामाले एमाले सबैको साझा पार्टी हो भन्ने कुरा कामबाट पुष्टि भएको बताए । ५ वर्षको अवधिमा जिल्लामा तीन वटा विश्वविद्यालय थपिनु महत्वपुर्ण उपलब्धी भएको भन्दै लामाले विकट क्षेत्रका गाउँवस्तीमा समेत सडक सुविधा पुर्याएको उनले बताए । आफु निर्वाचित भएपछि काभ्रेको खानीखोला गाउँपालिकालाई सडक सञ्जालसँग जोडिएको, खानीखोला र रोशी गाउँपालिकामा अस्पताल बनाइएको, १३ वटा पुल निर्माण गरिएको, सडक कालोपत्रे, स्तरोन्नती तथा नयाँ सडक निर्माणमा उल्लेख्य काम गरेको उनको भनाई छ ।
पनौती नगरपालिका, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा पुर्वाधार निर्माण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न केहि प्रकृया सुरु भएको उनले जानकारी दिए । आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएका बाँकी कामलाई पुर्णता दिन आफुले पुनः उम्मेदवारी दिएको लामाले बताएका छन् । यसअघि पनि जनताले दिएको मत शिरमा राखेर काम गरेको र अब पनि जनताले मत मार्फत गरेको विश्वासलाई कामबाट पुष्टि गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भीम न्यौपाने, नेकपा एमाले वागमती प्रदेश उपाध्यक्ष रामहरी सुवेदी, नेकपा एमाले पनौती नगर अध्यक्ष सुरेश हुमागाँई लगायतको उपस्थिती रहेको थियो ।
Bokep Indonesia Terbaru
Bokep Jepang Jav
Bokep ukthi jilbab
GOBETASIA
DAYWINBET
GOBETASIA
GOBET
DAYWINBET
SLOT GACOR
BOKEP INDO
BOKEP INDONESIA
DAYWINBET
SLOT GACOR
GOBETASIA
slot gacor maxwin
slot gacor
GOBETASIA
GOBETASIA
slot 4d gacor
प्रकाशित मिति: २८ कात्तिक २०७९, सोमवार ०७:५० बजे