२६ वैशाख २०८२, बिहीवार

एमाले विधान महाधिवेशन : समूहगत रिपोर्टिङ सकियो

काठमाडौँ : नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । शुक्रबारबाट सुरु भएको एमाले विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ आज सकिएको हो । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।

उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ गरेक थिइन् ।

रिपोर्टिङका क्रममा खर्चालु भएकाले चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अपनाउने, उपाध्यक्षको संख्या सात बनाउनुपर्ने भन्ने जस्ता सुझाव व्यक्त भएका छन् । कतिपय समूहले अध्यक्ष केपी ओलीको ब्राण्डिङ गरिएकोमा असन्तुष्टि जनाएका छन् । एमसीसीको विषयमा पनि समूहहरुले प्रस्टता खोजेका छन्।समूहगत रिपोर्टिङ सकिएपछि प्रतिनिधिहरू अहिले खाना खाइरहेका छन् । खाना खाएर प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएर महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १७ असोज २०७८, आइतवार १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु