संसदमा एमालेको नारा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’
एमालेले प्रतिनिधि सभामा नयाँ नारा लगाएको छ।
सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थितिलाईएमालेले गैर सांसदको प्रवेश भन्दै आएको छ। रूपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा आइतबार ४ जनाले ज्यान गुमाएका थिए। एमालेले आजको बैठकमा ‘कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्ने नारासँगै ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नारा लगाएको हो।
मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको टहरा हटाउन गएका प्रहरी माथि सुकुम्बासीले ढुङ्गामुढा गरेपछि झडप भएको थियो। झडपमा प्रहरी र सुकुम्बासी घाइते भएका छन्।
एमाले सांसदको विरोध र नाराबाजीबीच दुवै संसदको बैठक अघि बढ्दै आएका छन्।
प्रतिनिधि सभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
श्रोत: सेतोपाटि
प्रकाशित मिति: २५ असोज २०७८, सोमवार २१:०० बजे










