१२ मंसिर २०७९, सोमवार

समृद्ध वडा बनाउने दृढ संकल्प सहित घुस खान्न र खान पनि नदिने प्रतिबद्धता -गिता तामाङ्ग

गिता तामाङ अहिले काभ्रेपलाञ्चोक जिल्लामै चर्चित महिला नेत्रि हुनुहुन्छ । गठबन्धनको नाउँमा महिलाको अधिकार खोसेको समयमा लामालाई भने एमालेले धुलिखेल नगरपालिका वडा नं ८ मा वडा अध्यक्षको रुपमा अघि बढाएको छ ।

उहाँलाई थाहा छ कि म युद्द लड्न जाँदैछु भन्ने तर उनले मनोनयन दर्ता गरेको एक सातामै युद्दको पार तर्ने गरि लड्ने तयारि गरि सक्नु भएको छ । अब युद्दमा विना हानि नोक्सानि नगरि कसैलाइ अप्ठ्यारो नपारि युद्द जित्न घरदैलो अभियान तथा विभिन्न व्यक्तिहरु सँग समसामयिक र राजनैतिक विषयमा कुरा गरि आफु अघि बढ्ने भन्ने कुराको योजना बनाउँदै हुनुहुन्छ । अर्थात धुलिखेलको पहाड वडा नं ८ धुलिखेलकै दुर्गम मानिने वडाको अध्यक्ष बन्नु एक युद्द  जित्नु जस्तै हो दुई सातादेखिको घरदैलोमा उहाँलाई आत्मिय माया पाएकोमा उहाँ एकदमै खुसि हुनु भएको छ । 

 

घर दैलो कार्यक्रममा सयौंको साथ पाउनु भएको छ । समृद्ध वडा बनाउने दृढ संकल्प उहाँसँगै छ । महिला भएर हेर्दा कुनै पनि तरिकाले कमजोर देखिनु हुन्न । लामाले अघिल्लो स्थानीय निर्वाचन बाट वडा सदस्यमा विजयी भई ५ वर्षको अनुभव बटुली सक्नु भएको छ। तामाङमा कठोर निर्णय र सबैसँग घुलमिल हुन सक्ने अलौकिक क्षमता छ ।

 

अभाव दुख र कष्ट व्यहोरेको उहाँसँग अदभ्य साहस छ अनि सबैभन्दा ठूलो कुरा श्रीमानको सदैव सहयोग र मार्ग निर्देशन छ । झट्ट हेर्दा उहाँ महिला उम्मेदवार भएपनि हजारौ योजना पुरा गराउने योजनाकार हुनुहुन्छ। सडक, खानेपानी, ढल, सिंचाई र पर्यटन विकास गराउने आधारशिला हो । सो वडाका वडाबासीको सपना हो । त्यो सपना वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट मात्रै संम्भव छ ।

 

“घुस खान्न र खान पनि दिन्न ।” प्रत्येक वडाबासी सङ्ग उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कडामा कडा र नरममा नरम उहाँको घर दैलो कार्यक्रममा रौनक नै अर्काे हुने गरेको छ । हो गिता पराजित हुँदा उहाँ मात्रै पराजित हुनुहुन्न । महिला आन्दोलन, जनजातीको अधिकार अनि एउटा भेगको अधिकार खोसिन्छ । समृद्धिको आधारमा धक्का लाग्छ । आउनुस सबै मिलेर उहाँको विजयीका लागि हातेमालो गरौ । अनि विजय हुँदा उहाँमात्रै विजयी हुनुहुन्न । एउटा वर्ग समाज र समुदायले समृद्धी पाउनेछ ।

प्रकाशित मिति: २५ वैशाख २०७९, आइतवार २२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु