१२ वैशाख २०८३, शुक्रवार

अनेरास्ववियु काभ्रेको प्रशिक्षण सहित बैठक सम्पन्न

काभ्रे । अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्ला कमिटीको पूर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण दुईदिनसम्म काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेमा चलेको थियो ।
अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्ला कमिटीको पूर्ण बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाघाटन अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले समसामयिक राजनीति र युवा विद्यार्थी भुमिका को विषयमा प्रशिक्षण दिनुभएको थियो त्यस्तै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चन्द लामाले युवा र राजनिती, नेकपा एमाले जिल्ला कमिटी सचिब राजन भुर्तेलले जनताको बहुदलीय जनवाद, नेकपा एमाले जिल्ला कमिटी उपसचिव राजकुमार सापकोटाले नेता र नेतृत्व विकास, अनेरास्ववियु केन्द्रीय महासचिब समिक बडाल सङ्गठनको आवश्यकता,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य पवित्रा भुर्तेल महिला र राजनीती, महत्व, भुमिकाका विषयमा प्रशिक्षण गर्नुभएको हो

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं अनेरास्ववियु केन्द्रीय कोषाअध्यक्ष जेनिस लामा ,अनेरास्ववियु स्थायी कमिटी सदस्य सुन्दर खड्का, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य शालिकराम पराजुली, हरिषचन्द घिमिरे ले निर्देशनात्मक भनाई राख्नु भएको थियो ।
उदघाटन सत्रमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सनिता बराल, अनेरास्ववियु स्थायी कमिटी सदस्य सजिना थापा मगर, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य उप्रेन्द्र शर्मा, नवराज ढकाल, नेकपा एमाले नमोबुद्ध नगर कमिटी अध्यक्ष कृष्ण खनाल लगायत मन्तब्य राख्नुभएको अनेरास्ववियु काभ्रेका सचिब मिलन गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १४ फागुन २०७८, शनिवार २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु