१६ वैशाख २०८३, मंगलवार

अखिल नेपाल महिला संघ धुलिखेल नगरमा सरस्वती सर्बसम्मत

धुलिखेल । अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको प्रथम नगर सम्मेलन बाट सर्वसम्मत अध्यक्षमा सरस्वती श्रेष्ठ , उपाध्यक्षमा सरिता हुमगाई , सचिवमा पार्वती केसी ,सहसचिवमा सजना तामाङ ,र कोषाध्यक्षमा सुमि भुजेल लगाएतको अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटी गठन भएको छ। अखिल नेपाल महिला सङ्घ धुलिखेल नगर कमिटीको सम्मेलनलाई धुलिखेल नगरपालिकाका प्रमुख तथा नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष असोक ब्यन्जुले उत्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रम बाट निर्वाचितलाई धुलिखेल नगरपालिकाको प्रमुख तथा नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष अशोक ब्याञ्जुले बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिकाको उपप्रमुख बिमला शर्मा, लगायत नेकपा एमाले काभ्रेको नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति: ११ चैत २०७८, शुक्रवार ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु