४ जेठ २०७९, बुधवार

एमालेमय बन्दै , धुलिखेल ११ पात्लेखेत

धुलिखेल वडा नम्बर ११ पात्लेखेत अहिले पुरै नै नेकपा एमालेमय बनेको छ ।

स्थानिय तह देखि केन्द्रीय तहसम्म अधिबेशन तथा महाधिवेशन गरि ; राष्ट्रिय स्तरको केन्द्रीय कमिटि देखि तल्लो टोल कमिटि निर्माण कार्य जारि रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेले अहिले टोल टोलमा आफ्नोकमिटि निर्माण गरि चुनाव लक्षित स्थानिय परिचालन र जिम्मेवार प्रदानार्थ धुलिखेल नगरपालिका वडा नम्बर ११ को साविक वडा वडामा नेकपा एमाले टोल कमिटि निर्माण कार्य सम्पन्न गरेको छ ।

नेकपा एमाले धुलिखेल ११ पात्लेखेत साविक वडाहरुमा निम्न व्यक्तिहरुको अध्यक्षतामा टोल कमिटि निर्माण भएको छ । जसअन्तर्गत

नेकपा एमाले वडा कमिटि अध्यक्ष – मन्दिप गौतम
साविक वडा १ – रविन्द्र धिताल
साविक वडा २ – नवराज सापकोटा
साविक वडा ३ – केशब तिमल्सिना
साविक वडा ४ “तल्लो” – रण बहादुर भुजेल
साविक वडा ४ “माथिल्लो” – गणेश आचार्य
साविक वडा ५ – रमेश न्यौपाने
साविक वडा ६ – त्रिलोचन प्याकुरेल
साविक वडा ७ – केशर बहादुर तामाङ्ग
साविक वडा ८ “तल्लो”- निलराज रेग्मि
साविक वडा ८ “माथिल्लो”- रेवति गोतामे
साविक वडा ९ – ईश्वर थापा

साविक वडा १ देखि आफ्नो टोल कमिटि निर्माण अभियान शुरु गरेको कमिटिले साविक ३ मा पुगेर निर्माण कार्यक्रम सम्पन्न गरिरहँदा नेकपा एमाले प्रति आस्था राख्ने थुप्रै जनताहरु र विपक्षी पार्टिका सयौ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।

एक महिना लगाएर टोल कमिटि निर्माण कार्य सम्पन्न गरिरहँदा थुप्रै नेकपा एमालेका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । जस अन्तर्गत नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष एवम् धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ , प्रदेश कमिटि सदस्य तथा धुलिखेल नगर उपप्रमुख विमला कुमारि शर्मा चौलागाइँ , प्रदेश कमिटि सदस्य तथा पात्लेखेत पुर्व गाबिस अध्यक्ष केशब बडाल , धुलिखेल नगर सह-इन्चार्ज यस लामा , धुलिखेल नगर अध्यक्ष दयाराम महत , उपाध्यक्ष निरज खड्का , सचिव विष्णु धिताल तथा नगर कमिटिका सदस्यहरु , जिल्ला समन्वय समिति सदस्य गिता सुनार , अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धिताल एबम् वडा कमिटिका बिभिन्न भातृ सँगठनका एबम् जनवर्गीय संगठनका पदाधिकारीहरु र एमालेलाई माया गर्ने थुप्रैको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

अघिल्लो चुनावमा आफ्नो वर्चस्व सहित सम्पुर्ण सदस्य नै जितेको पात्लेखेतमा नेकपा एमालेको राम्रो छवि रहेको पाइन्छ । अघिल्लो चुनावमा ९४१ मत विष्णु धिताल (काभ्रेलि) ले नेतृत्व गरि अघि बढिरहँदा , पात्लेखेतको बिकासमा थुप्रै नै फड्को मारेको स्पष्ट देख्न सकिन्छ । जसमा अघिल्लो निर्वाचनमा नेपालि काँग्रेसका उम्मेदवारले ४३६ ल्याउदा मतअन्तर भने ५०५ रहेको थियो ।

नेकपा एमालेको अध्यक्ष सहित सदस्य सम्पुर्णले जितिरहँदा वडा अध्यक्षमा विष्णु धिताल , अहिले हाल पार्टिमा नगर सचिवको जिम्मेवारीमा रहेका छन् । त्यस्तै सदस्यहरुमा जमुना देवि लामा – धुलिखेल नगर कार्यपालिका सदस्य , गिता सुनार – जिल्ला समन्वय समिति सदस्य , मन्दिप गौतम – वडा कमिटि अध्यक्ष र जय वहादुर तामाङ वडा उपाध्यक्षको जिम्मेवारीमा रहनु भएको छ ।

नेकपा एमालेका उम्मेदवारलाई भोट दिएर जिताएको वडा समितिले अहिले पात्लेखेतको मुहार नै परिवर्तन गरेको छ । सडक विस्तार एवम् वडा भित्रका गोरेटा सडक ग्राभेल तथा पिचको शुरुवात गर्ने , चिसापानिमा नगर स्तरिय खेलकुद मैदान निमार्ण , एक घर एक धारा खानेपानि योजना निर्माण तथा कार्यान्वयन , बालमैत्री वडा , साक्षर वडा , खुल्ला दिशामुक्त वडा , आफ्नो गाउ आफै बनाउ भन्ने योजना , बेरोजगार युवाहरुलाई बिभिन्न सिपमुलक दिगो सिकाइका तालिमहरु , सार्वजनिक भौतिक संरचनाहरु , शिक्षामा गुणस्तरीयता, ठुलिटार र कल्छेमा तरकारि पकेट एरिया , ठुला देखि साना सिचाइ परियोजना , स्वास्थ्य चौकि भवन निर्माण , विभिन्न सिढिँ निर्माण तथा यस्ता गन्नै र भन्नै नभ्याउने थुप्रै कार्यक्रम तथा योजना निर्माण भएको र अगाडि बढिरहेको स्पष्ट देख्न सकिन्छ ।

विजय हासिल गरेको एमालेका धितालले काम गरिरहँदा , विकासका योजना ल्याइरहँदा र वडालाई सम्वृद्ध बनाइरहँदा उता उनको विपक्षिमा अघिल्लो चुनावमा उनिसँगै प्रतिस्पर्धमा उत्रिएका उम्मेद्वारहरु भने  जनताको समस्यामा देखिनेगरी काम गरेको पाइदैन ।   

त्यस्तै उनका अर्का विपक्षी पार्टि माओवादीको भने कुनै गतिविधि तथा कार्यक्रमहरु नगरेकोले अहिले वडामा नामोनिशान नै नरहेरआगामि स्थानिय चुनावमा मान्छे खोज्दै हिडेको पाइन्छ ।

अघिल्लो निर्वाचन पछि गाउमा नदेखिएका राजनैतिक पार्टिहरु निर्वाचन नजिकिदै गर्दा विभिन्न लोभ र प्रलोभन देखाउन थालिएको छ ।जनताको आँखामा भ्रम छर्न भने अहिले नेपालि काँग्रेसका कार्यकर्ता यति खेर गोहिको आँशु बगाए जस्तै गरि घर घर पुग्ने नाटक देखाएका छन् । पार्टि नहेर वडा बासि सम्पुर्णलाइ सेवा गरिरहेका वडा पदाधिकारीहरुलाई गिराउन उनीहरु यतिखेर दिन रात नभनि चुनाव लक्षित गरि देखावटि र भ्रामिक खेति हिड्दै गरेका छन् ।

जनताको समस्या समाधान गर्ने भन्दापनि चुनावलाइ प्रभावित गने क्रियाकलाप जस्तै , एउटा व्याल्केट दिएर न्यानो बनाएको देखाउने , एक बोरा चामल र एक पाकेट नुन दिएर खाद्यान्न दिएको देखाउने , वडाको पारित बजेटको वेवास्ता गरि स्व-इच्छित कमिटि बनाइ वडाले गरेन भनेर देखाउने , खाजा ख्वाउन वोलाएर कमिटि निर्माण गर्ने , दशवटा कुखुराको चल्ला बाँडेर , यस्ता क्रियाकलापले, नेकपा एमाले र प्रतिनिधिले गरेको कामको कतै गल्ति नदेखिएपछि प्रत्येकको घरमा गए जस्तो गरि भोट माग्ने निहुँमा भ्रमको खेति गर्न थालेको देखिएको छ ।आफ्नो टोल कमिटि निर्माण गर्न समेत भेला तथा मानिसको उपस्थिति गराउन नसकेपछि बिभिन्न टोल सुधार समितिको नाउमा र अन्य विविध छलफल भनि चियापसलहरुमा नै कमिटि निर्माण गरेकाले आगामि निर्वाचनमा विश्वासको मत नपाउने कुरा प्रष्टै हुन्छ । जसले गर्दा धुलिखेल वडा नं ११ पालेखेत नेकपा एमालेको पकड र वडा नै एमालेमय बनेको छ ।

प्रकाशित मिति: १५ चैत २०७८, मंगलवार १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु