१३ वैशाख २०८३, शनिवार

पार्टी छाड्नेहरुका आफ्नै दुःख

धुलिखेल | एमाले काभ्रेले पौष २३ गते रोशी गाउँपालिकाका तीन जना वडा अध्यक्षलाई एमालेमा प्रवेश गरायो । चैत्र ६ गते आईतबार रोशी गाउँपालिकाकै माओवादी केन्द्रका अध्यक्ष डिल्लीप्रसाद रेग्मी सहित नेकपा समाजबादीका जिल्ला सदस्य चोत्रबहादुर सारु, मेघबहादुर राना र पालिका सचिव गंगाराम राना एमालेमा प्रवेश गरे । रोशी गाउँपालिका वडा नम्वर ९ मा रहेको नेकपा समाजबादीको सिङ्गो कमिटी नै एमालेमा प्रवेश गराउँदै एमालेको विजयलाई सुनिश्चित गराएको उद्घोष गरे । धुलिखेलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्नेहरुको ओईरो नै थियो ।
एमाले प्रवेश गर्नेको लहर चलिरहँदा एमाले भित्रका केहि पदमा रहेर पटक पटक अवसर लिनेहरु किन ? अन्य पार्टीमा प्रवेश गरिरहेका छन् ? एमाले काभ्रेले त्यसको खोजि गरोस भन्ने चाहना कार्यकर्ताहरुले राखेका छन् । एमाले सचिव राजन भुर्तेलका अनु्सार एमालेबाट अन्य पार्टी प्रवेश गर्नेहरु पटक पटक लाभको पद लिनेहरु छन् । पछिल्लो समय जिल्ला हल्लीखल्ली गरेका रामकृष्ण हुमागाई अधिकांश समय लाभको पदमा थिए । २०५४ सालमा एमालेबाट जिल्ला विकास समिति भएका, पार्टीले क्षेत्रिय अध्यक्षको जिम्मेवारी दिएको, फेरी सुकुम्बासी आयोगमा प्रमुख जिल्ला अधिकारी सरहको सुविधामा राखेको, बागमती प्रदेश कमिटीमा मनोनित गरेको थुप्रै लाभका पदमा रहेका हुमागाई र उनका केहि ब्यक्तिगत कुण्ठाहरुको ब्यवस्थापन पार्टीले गर्न नसकेकाले एमाले परित्याग गरेको बताएका छन् । उनी सँगै गएका साधुराम बडाल पनि गाउँ विकास समितिका पुर्वअध्यक्ष अध्यक्ष हुन । राजनीतिमा उनिहरु जति नपाउने धेरै कार्यकर्ता छन् तर पनि उनिहरु फेरी पनि एमालेमा छन् । तर हुमागाई प्रवृत्तिले यस अघिको निर्वाचनमा पनि धोका दिएको एमालेले बताएको छ ।
प्रदेश सभा निर्वाचनमा रामकृष्ण हुमागाई र चन्द्र लामाको प्रतिस्पर्धा थियो । चन्द्र लामालाई टिकट दिने पार्टीको निर्णय विरुद्ध हुमागाई उत्रिएका थिए । पछि गणेश लामासँग मोटो रकम लिएर उनि चुपचाप बसी चन्द्र लामाको पक्षमा खुल्न सकेनन् । २०७४ को स्थानीय चुनावमा पनि उनले एमालेका केहि नेतासँग नगर प्रमुख नपाएको झोकमा पैसा लिएको खुलासा भएको छ । एमाले काभ्रेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुमागाई बन्द सत्रमा सहभागि नै भएनन् । पद विना माछा पानी विना बाँच्न नसके झै हुने हुमागाई र निकटकाहरुले पछिल्लो अडियो प्रकरणबाट धेरै कुराको खुलासा भएको छ । अवसरबादी चरित्रका कारण हुमागाई फेरी एक पटक नाङ्गो भएका छन् । एमालेले ऐजुरु समयमै गएकाले पार्टी संगठन अझै सुदृढ बनाउनु पर्ने गरी अभियान संचालन गर्ने बताएको छ । कम्युनिष्ट राजनीति छाडेर काँग्रेस प्रवेश गर्नेहरुको दुखद अवसान भएका उदाहरण छन् । देवराज लामा, प्रकाश थापाको अस्तित्व सकिएको छ । धुलिखेल नगरपालिका वडा नम्वर ८ का अध्यक्ष निराजन जंगम वडा कार्यालयमा विनियोजन भएको ७ लाख रकमलाई ब्यक्तिगत प्रयोजनबाट खर्च गरेको अभियोगमा सदस्यहरुले प्रश्न उठाए सँगै एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई एमालेको जिल्ला अधिबेशनमा पेश्की लिएको साढे ५ लाख, नगर अधिबेशनमा खाताबाट सुटुक्क निकालेको डेड लाख रकम हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहिहरुलाई जग्गा किनबेचको सिफारिस लिन आउँदा भाँडेर आफै जग्गा प्लटिङ्गका लागि बार्गेनिङ्ग गरेको, बाटो भएको जग्गालाई नभएको सिफारिस दिएर सरकारी राजश्व छल्न सहयोग पु¥याएको जस्ता गम्भिर आरोप लागेको छ । अघिल्लो आर्थिक वर्ष सिफारिस गरेका सबै कागजात अध्यक्ष जंगमले कार्यालयबाटै गायव बनाएको चर्चा शुरु भएको छ । आरोपका बारेमा स्थानीयहरुले छानविनको माग गर्दै अख्तियारमा उजुरी दिएको बताएका छन् भने एमालेले दल त्याग सम्वन्धी विद्यान अनुसार कारवाहीको पत्र धुलिखेल नगरपालिका र निर्वाचन आयोगमा दर्ता गरेको छ ।
पत्र दर्ता गरेसँगै जंगम निस्कासित भएका छन् । उनले एमालेबाट निर्वाचित भएर प्राप्त गरेको वडा अध्यक्षको हैसियतमा एमालेले काम नगराउने गरी कार्यवाहक अध्यक्ष कार्यपालिकाको बैठकले तोकेको छ । जंगम आफैले पनि एमाले छाडेर काँग्रेस प्रवेश गरे पछि वडा सदस्य गिता तामाङलाई कार्यवाहक तोकेर हिडेका थिए । अहिले जंगम काँग्रेसमा कृयाशिल छन् । जंगम काँग्रेस प्रवेश गरेकै दिन चैत्र २ गते काँग्रेसकै नेताहरुको गाडीमा चढेर काठमाडौ पुगे पछि एयरपोर्ट मार्फत पोखरा उडेका थिए । उनी काँग्रेस प्रवेश गरेकोमा उनकै श्रीमती, दाजु भाउजु र आफन्त खुशी छैनन । उनलाई एमाले नेता रामकृष्ण हुमागाईले डिजाईनमा पठाएको चर्चा शुरु भएको छ । ‘निराजन बाबुले हतार गरेर हाम्रो रणनीतिक योजना विगारेका छन्’–एमाले नेता रामकृष्ण हुमागाईले काँग्रेस कार्यकर्तालाई टेलिफोनमा भनेका छन्–‘हामी धेरै विगार्ने योजनामा थियौं । रणनीतिक योजना छताछुल्ल भएको छ ।’ निराजन पहिले काँग्रेस, अनि माओवादी हुँदै एमालेमा सक्रिय भएका थिए । उनी पुनः काँग्रेस प्रवेश गरेका छन् । हुमागाईलाई नगर प्रमुख बनाउने गरी सहमति भएको भनिए पनि पुराना काँग्रेसहरुले मानेका छैनन । उनलाई ३३ लाख नगद र एउटा गाडी दिने शर्त राखिएको छ । त्यसो हुँदा नगर प्रमुखको टिकट नभए पनि चुपचाप बस्ने र काँग्रेसलाई एमालेको भोट काटेर जिताउन लाग्ने योजनामा छन् ।
एमाले अध्यक्ष अशोक ब्याञ्जुलाई अनेक कोणबाट पनि पराजित गर्ने सम्भावना नदेखे पछि सार्वजनिक जग्गा प्लटिङ्ग गरी स्थानीयले खुकुरी लिएर काट्न आए पछि हच्किएका काँग्रेसका नगर सभापति विदुर बस्नेत टिकटका लागि दौडधुप गरिरहेका छन् । ९ रोपनी सार्वजनिक जग्गा धुलिखेल १० मा बस्नेत सहितको नेताहरुको टिमले प्लटिङ्ग गरिरहेका छन् । धुलिखेल नगरपािलकाले अख्तियारको पत्र अनुसार उक्त जग्गा मालपोतमा रोक्का राखेको छ । त्यस्ता धेरै हर्कतमा संलग्न बस्नेत पैसाका आधारमा टिकट लिने योजनामा छन् । नेकपा माओवादी केन्द्रबाट पृथ्वी थापा, समाजबादीबाट दयासागर श्रेष्ठको नगर प्रमुखमा चर्चा छ । गठवन्धन कायम रहँदा को प्रमुख हुन्छ ? वा अन्य दलहरुबाट को नगर प्रमुख हुन्छ भन्ने टुङ्गो एमाले बाहेकका दलबाट भएको छैन । जिल्लामा पार्टी अदलबदल गर्ने क्रम तिब्र भएको छ । नेपाली काँग्रेसमै रहेर सक्रिय राजनीतिमा नलागेका बनेपाका ब्यवसायी एवं नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य गगन थापाको हातबाट सदस्यता लिदै प्रवेश गरेका छन् । अहिले टोल टोलमा पार्टी परिवर्तन गर्ने होडबाजी चलेको छ । २०७४ मा पनि जिल्लामा एमाले, काँग्रेस र माओवादी एक्लै लडेका थिए । एक्लै लड्दा एमालेले ७, माओवादीले २ र काँग्रेसले ४ वटा स्थानीय तहमा विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति: १५ चैत २०७८, मंगलवार १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु