१६ वैशाख २०८३, मंगलवार

सबैको घरमा खानेपानी पुर्याउने लक्ष्य पुरा गर्दै धुलिखेल नगरपालिका

एकै दिन करिब सात सय घर धुरीमा पुग्ने खानेपानी उत्घाटन

धुलिखेल । धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जुले आफ्नो निर्वाचन घोषणा पत्रमा उल्लेख गरेको एक घर एक धारा कार्यक्रम अन्तर्गत एकै दिन सात सय भन्दा बढी घरधुरीमा पुग्ने खानेपानी उत्घाटन गर्नुभएको छ ।

धुलिखेल वडा नं. ९ देविस्थान र धुलिखेल ११ मा आज मात्रै नगर प्रमुख अशोक कुमार ब्यन्जु क्षेष्ठ द्वारा करिब ७०० घरधुरी लाई पुग्ने खानेपानी उद्घाटन सम्पन्न भएको छ। साथ साथै १०० घर धुरी को लागि डिप बोरिङ शिलान्यास समेत सम्पन्न भएको छ ।
उक्त कार्यक्रम मा धुलिखेल नगर पालिका उप-प्रमुख बिमला शर्मा चौलागाईं, धुलिखेल ११ का वडा अध्यक्ष बिष्नु काभ्रेली, धुलिखेल ९ का वडा अध्यक्ष बसन्त बा. रानाभाटको उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले सम्पूर्ण घरधूरीले मिटर धारा सेटको रकम आफैले खरिद गर्नु भएको र पाइपलाइन खन्ने पूर्ने काम उपभोक्ता बाट सम्पन्न भएकोले उपभोक्ताहरु बाट पनि निकै सहयोग आएको र पछि पनि केही समस्य आएमा नगरपालिका र उपभोक्ताहरु मिलेर नै काम गर्नु पर्ने जस्ले गर्दा नगरपालिका र उपभोक्ताहरुमा आत्मियता बढ्ने भन्दै अब को केही समयमा नै धुलिखेल नगर को सबै को घर घरमा पानि पुर्‍याउने,एक घर एक धारा बनाउने,सबै नगर वासीहरु लाई स्वास्छ खानेपानी पुर्याउने प्रतिवद्धता समेत गर्नु भएको छ ।

प्रकाशित मिति: २६ चैत २०७८, शनिवार २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु