धुलिखेल ९ मा १९८ घरमा एक घर एक धारा उत्घाटन
धुलिखेल । धुलिखेल नगरपालिका वडा न. ९ को घाटखोला खानेपानी आयोजनाको उद्घाटन नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले गर्नुभएको छ । उक्त आयोजनाबाट १९८ घरधुरीमा धारा जडान भएको छ ।
धुलिखेल नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत धुलिखेल ९ नम्बर वडामा १९८ घरमा खानेपानी पुर्याएको हो ।
उक्त खानेपानी उत्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नगरबासी सबैको घर घरमा खानेपानी पुर्याउने लक्ष्य रहेको सो कार्य ९० प्रतिशत पुरा भएको कुरा बताउनु भयो ।
खानेपानी उद्घाटन कार्यक्रम मा नगर प्रमुख ब्यान्जु लगायत उप-प्रमुख बिमला शर्मा चौलागाईं, धुलिखेल ९ का वडा अध्यक्ष बसन्त बा.रानाभाट, ई.हरेराम हुमागाई, राजन न्यौपानेको समेत उपस्थित रहेको थियो।


प्रकाशित मिति: २५ चैत २०७८, शुक्रवार १०:२३ बजे











