१६ वैशाख २०८३, मंगलवार

अन्तर्राष्ट्रिय अपांगता दिवस धुलिखेलमा पनि बिभिन्न कार्यक्रम गरी मनाईयो

“ कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्दता” भन्ने मूल नारा सहित २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सायता समाग्री हस्तान्तरण गरि धुलिखेल नगरपालिका पनि मनाईएको छ ।
कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ । धुलिखेल नगरपालिकाले नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सायता समाग्री बितरण गरेर यो दिवश मनाएको छ ।


अपाङ्गता दिवश कार्यक्रममा धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी, श्रवण यन्त्र तथा ह्लिल चियर नगर प्रमुख अशोक ब्याञ्जुले वितरण गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिकाले अपाङ्ग परिषद गठन गरि अपाङ्ग मैत्री नगरको रुपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीवार २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु