१६ वैशाख २०८३, मंगलवार

अनेरास्ववियुलले सभामुख सापकोटालाई बनेपामा देखायो कालोझण्डा

काभ्रे । एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुले सभामुख अग्नीप्रसाद सापकोटालाई काभ्रेको बनेपामा कालो झन्डा देखाएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जान लागेका सापकोटालाई अनेरास्ववियुले बनेपा बुडोलमा कालो झन्डा देखाएको जिल्ला ईञ्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य शालिकराम पराजुलीले जानकारी दिए ।

अनेरास्ववियुको विद्यार्थीहरूले उनको यात्रामा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
आधा घण्टा सडकमै धर्ना दिएका उनीहरूले सभामुखको राजीनामा माग गर्दै कालो झन्डा देखाएका थिए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेनिकट भ्रातृसंस्थाहरू सभामुख सापकोटाविरुद्ध आन्दोलित छ ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।

स्थानीय तहको निर्वाचन समयमै गर्ने गरी तत्काल मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै अनेरास्ववियुले देशभर आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलवार १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु